
पाँचथर । उद्योग वाणिज्य संघले खाद्यान्न बैंकमा जम्मा भएको खाद्यान्न तथा नगद हस्तान्तरण गरेको छ ।
गत शुक्रवार फेसबुक म्यासेन्जरबाट सुरु गरिएको फूड बैंकमा कुल ८ लाख ७४ हजार ७ सय २० रुपैँया बराबरको खाद्यान्न र नगद जम्मा भएको थियो ।
बैंकमा ३ लाख ५८ हजार ८ सय २० रुपैयाँ नगद जम्मा भएको थियो ।
खाद्यान्न र नगद जिल्लाका सबै स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । संकलित नगद र खाद्यान्न व्यवसायी र सहयोगीमार्फत आएको हो ।
जिल्लामा आठ स्थानीय तह छन् । संकलित सबै खाद्यान्न र नगदलाई ९ भागमा बिभाजन गरिएको र फिदिम नगरपालिकालाई सबै खाद्यान्न र अरू गाउँपालिकालाई नगद ५१ हजार रुपैयाँ हस्तान्तरण गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्