२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


डडेल्धुरा अस्पतालमा सामान्य ज्वरोदेखि रुघाखोकी लागेकाको स्क्रिनिङ तीव्र


0
Shares

डडेल्धुरा । सुदुरपश्चिममा चार जनामा कोरना भाइरसको संक्रमण देखिएपछि डडेल्धुरा अस्पतालले स्क्रिनिङ गर्ने कार्यमा तीव्रता दिएको छ ।

अस्पतालमा भारतसहित तेस्रो मुलुकबाट आएकाको स्क्रिनिङ गर्न थालिएको हो । सामान्य ज्वरोदेखि रुघाखोकी लागेकाको पनि स्वाब परीक्षणका लागि पठाइन थालिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल प्रमुख डा.जगदीशचन्द्र विष्टले बताए ।

उनले स्थानीयमा पहिलोपटक सुदुरपश्चिममा कोरोना भाइरसको संक्रमण देखिएसँगै अस्पतालमा दिनहुँ दुई–तीन जनाको स्क्रिनिङ गरेर स्वाब परीक्षणका लागि पठाइन थालिएको बताए ।

अहिलेसम्म डडेल्धुरा अस्पतालमा दुई जना आइसोलेसनमा छन् । जिल्लामा १ सय ४ जना क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका वरिष्ठ जनस्वास्थ्य प्रशासक ओशुतोष श्रेष्ठले जानकारी दिए ।

सुदूरपश्चिममा भारतबाट नेपाल भित्रिएका एक लाख ५० हजारमध्ये ८० प्रतिशत सात पहाडी जिल्लाका बासिन्दा रहेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलले जनाएको छ ।