
बाग्लुङ । बागलुङमा कारोनाको उच्च जोखिम बढेपछि आजबाट कोरोना संक्रमणको र्यापिड टेष्ट शुरु गरिंदैछ ।
एक हजार जनाको र्यापिड टेष्ट गर्ने किटसहित स्वास्थ्य मन्त्रालयको टोली जिल्ला आइपुगेको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र पोखरेलले जानकारी दिए ।
स्वास्थ्यकर्मीसंगै २ थान भेण्टिलेटर, १ सय थान पीपीई, एक हजार थान मास्क र एक हजार थान र्यापिड टेष्टका लागि प्रयोग हुने किट लगायतका सामग्री समेत पठाइएको छ ।
सरकारले र्यापिड टेष्टबाटै बागलुङमा कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो ।
जिल्लामा रहेका दुई संक्रमित, उनीहरुको परिवार र सम्पर्कमा रहेका र अन्य विदेशबाट आएका शंकास्पद ९ सय भन्दा बढीको परीक्षण गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्