Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


पक्राउ परेका १३ युवा क्वारेन्टाइनमा


0
Shares

सुर्खेत, चैत २६ । जिल्ला प्रहरी कार्यालय जुम्लाले प्यूठानबाट फर्केका १३ युवालाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको छ ।

प्रहरीले पक्राउ गरेका युवामा कालीकोटको तिलागुफा नगरपालिकाका चार, कालीकोटकै पलाँता गाउँपालिकाका पाँच र हिमा गाउँपालिका जुम्लाका चारजना रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

उनीहरु प्यूठान, रोल्पा जाजरकोटहुँदै पाँच दिनको पैदल यात्रापछि तातोपानी गाउँपालिका– ७ ताम्ती जुम्लाको नाकाबाट प्रवेश गरेका उनले बताए ।

“कामको सिलसिलामा उनीहरु प्यूठान पुगेका रहेछन्”, उनले भने,  “मुलुकभर लकडाउन भएपछि पाँच दिनको पैदल यात्रागरी घर फर्कने क्रममा उनीहरुलाई पक्राउ गरी क्वारेन्टाईनमा राखेका छौं ।”

बाहिरबाट आएकाबाट कोरोनाको सङ्क्रमण हुने सम्भावित खतरालाई मध्यनजर गरी ती युवालाई क्वारेन्टाइनमा राख्न सम्बन्धित स्थानीय तहलाई बुझाइएको प्रहरीले जनाएको छ । रासस