Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


स्याङ्जा दुर्घटनाका १४ मृतकको पहिचान खुल्यो


2.9k
Shares

स्याङ्जा । जिल्लाको वालिङमा भएको जित दुर्घटनाका १४ मृतकको पहिचान खुलेको छ ।

दुर्घटनामा परेर वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासका ६३ वर्षीया माया पुन, ९ वर्षीय प्रविण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरीकला कुँवर, ५० वर्षीया टेककला कुँवरको मृत्यु भएको छ ।

यस्तै सोही ठाउँ बस्ने २५ वर्षीया मुना कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मिना कुँवर र उमेर नखुलेकी फुलदेवी कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । घाइते ११ जनालाई गण्डकी मेडिकल कलेज पोखरामा उपचारको लागि पठाइएको भने एक जनाको वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।