Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


कोरोना भाइरस: अमेरिकामा रहेका नेपालीमा त्रास, तीन सय बढी संक्रमित


0
Shares

काठमाडौं । कोरोना भाइरसबाट अमेरिकामा रहेका नेपालीहरुमा पनि त्रास फैलिएको छ ।

पछिल्लो समय कोरोना संक्रमणबाट अमेरिकामा पाँच नेपालीको मृत्युसँगै नेपाली समुदायमा त्रास फैलिएको हो ।

आइतबारसम्म न्युयोर्क, कोलोराडो लगायत क्षेत्रमा बस्ने पाँच नेपालीको मृत्यु भएको हो ।

मृत्यु भएका भनेका एक बिमारीको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको समाचारहरुमा जनाइएको छ ।

अमेरिकामा हालसम्म तीन सय बढी नेपाली संक्रमित रहेको नेपाली काँग्रेसनिकट जनसम्पर्क समिति विश्व सञ्जालका अध्यक्ष विष्णु सुवेदीले जानकारी दिए ।

अहिले पनि लगभग ४० नेपाली संक्रमण भएर सिरियस अवस्थामा अस्पतालमा रहेका छन् ।

कोरोना संक्रमणबाट निको भएर घर फर्किएका ७० जना जति रहेको पनि उनले बताए ।

‘केही भई हालेपनि सूचनाहरु नदिने भएका कारण एकिन यति नै नेपाली संक्रमित छन् भनेर भन्न सकिने अवस्था छैन्’ अध्यक्ष सुवेदीले भने, ‘साथीभाइको सम्पर्कबाट प्राप्त जानकारी अनुसार तीन सय बढी नेपालीहरु कोरोना संक्रमित भएका छन् ।’

अमेरिकामा चार लाख नेपाली रहेको अनुमान छ । अमेरिकामा मात्रै तीन लाख ३५ हजार बढी संक्रमित छन् । 

कोरोना संक्रमणका कारण अहिलेसम्म विश्वमा ६९ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने अमेरिकामा नौ हजार ५६२ को मृत्यु भएको छ ।