Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


विजुली बेच्न टेण्डर आह्वान


364
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा विजुली बेच्नका लागि भारतीय कम्पनीहरुबाट टेन्डर मागेको छ ।

आज (शुक्रबार) सार्वजनिक सूचना मार्फत टेण्डर आह्वान गर्दै प्राधिकरणले वर्षायाममा खेर जाने २ सय मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुबाट प्रस्ताव माग गरेको हो । आगामी असारदेखि कात्तिकसम्म उक्त विजुली बेच्न सकिने प्राधिकराणको प्रस्तावमा उल्लेख गरिएकाे छ। भारतको केन्द्रीय विद्युत नियमन आयोगबाट विद्युत व्यापारका लागि अनुमति प्राप्त कम्पनीहरुले उक्त प्रस्तावमा सहभागी हुन पाउने छन।

भारतले गत महिना नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका ६ वटा विभिन्न जलविद्युत आयोजनाहरुबाट उत्पादित ३ सय ६४ मेगावाट विजुली भारतीय कम्पनीहरुले खरिद गर्नसक्ने अनुमति दिएको छ । कम्पनीले कम्तिमा ५० मेगावाटका लागि प्रस्ताव हाल्नुपर्ने छ भने बोलकबोल पद्धतिमा जसले बढी मूल्य प्रस्ताव गर्छ उसैसँग सम्झौता हुने प्राधिकरणले जनाएको छ ।

आगामी जुलाई १ तारिखदेखि विजुली बिक्री गर्ने गरी प्रक्रिया अघि बढाइएको साे प्रस्तावमा उल्लेख गरिएकाे छ ।