२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


धनगढीमा कोरोना संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ, त्रासमा धनगढी ठप्प


0
Shares

काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका कोरोना संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

उनको परिवारका आठ सदस्यको स्वाब संकलन गरिएकामा उनकी ३४ वर्षीया भाउजूूको रिपोर्ट पोजेटिभ र अन्य सातको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए ।

संक्रमितकी श्रीमती, चार वर्षीया छोरी, उनका बुवाआमा, दाजु र भतिजीको रिपोर्ट पनि नेगेटिभ आएको छ । यसअघि संक्रमण देखिएका धनगढीका युवक दुबईबाट यही चैत ७ गते नेपाल आएका थिए ।

दिल्लीबाट काठमाडौँ आउँदा उनी चढेको जहाजमा १०८ नेपाली थिए । नेपालगञ्जबाट अत्तरिया हुँदै उनी हसनपुरस्थित घर पुगेका थिए ।

यता, कोरोनाका थप तीन संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ । अस्पताल बाहेक सबै क्षेत्र बन्द छन् ।

धनगढी उपमहानगरपालिकाले सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको थियो ।

यस अवधिमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु होम डेलिभरी गर्न उद्योग वाणिज्य संघ कैलाली, किराना व्यवसायी संघ कैलाली, दुग्ध व्यवसायी, तरकारी व्यवसायीलगायत सबैमा आग्रह गरेका छन् ।