
काठमाडौं, चैत २१ । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका ६९ जना नेपालीको शुक्रबार स्वाब परीक्षण गरिँदै छ ।
यही चैत ८ गते सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीबाट उनीहरु नेपाल आएका थिए ।
क्वारेन्टाइनमा राखिएको १४ दिनपछिमात्र उनीहरुको स्वाब परीक्षण गर्न लागिएको हो ।
क्वारेन्टाइनमा राखिएकाहरुले आफूहरुको स्वास्थ्य परीक्षण पनि नगरिएको र कुनै सुविधा नरहेको गुनासो गर्दै आइरहेका थिए ।
थाई एअरवेज, एअर इन्डिया र सिल्क एअरले आवागमनमा प्रतिबन्ध लगाएका मुलुकमा रहेका नेपालीहरुलाई काठमाडौं उतारेका थिए ।
जसमा ७४ वर्षीया एक वृद्धासहित पाँचजना महिलालगायत खाडी मुलुकमा काम गर्ने नेपालीहरु रहेका छन् ।
नेपाली सेना र नेपाल प्रहरीले नियन्त्रणमा लिइ क्वारेन्टाइनमा पठाइएका उनीहरु क्वारेन्टाइनमा रहँदाको खर्च आफैंले व्यहोर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्