२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


क्वारेन्टाइन मापदण्डको उल्लंघन, ताप्लेजुङमा तीन जनालाई नौ दिनमा र दैलेखमा २१ जनालाई दुई दिनमै घर पठाइयो


0
Shares

ताप्लेजुङ । क्वारेन्टाइनमा राखिएकालाई कम्तिमा १४ दिन निगरानीमा राख्नुपर्ने मापदण्ड विपरित तीन जनालाई नौ दिनमै घर पठाइएको छ ।

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित १९ वर्षीय महिलासंगै जहाजमा आएका १ जनालाई परिवारसहित क्वारेन्टाईनमा राखिएको थियो ।

सदरमुकामस्थित क्वारेन्टाईनमा राखिएका उनीहरुमा कोरोनाको कुनै लक्षणहरु नदेखिएपछि घरैमा सुरक्षित बस्न अनुरोध सहित पठाईएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

उता दैलेखको एक स्थानीय तहले पनि क्वारेन्टाइनमा राखिएका २१ जनालाई दुई दिनमै घरमा पठाइदिएको छ ।

महाबु गाउँपालिका रहेको क्वारेन्टाइनमा राखिएका उनीहरुलाई निगरानी राख्नु पर्ने दिन पूरा नहुँदै घर पठाइएको हो ।

क्वारेन्टाइनमा राखिएका मानिस विदेशबाट नआई आफ्नै मुलुकका विभिन्न जिल्लाबाट आएको हुँदा घरमा पठाइएको गाउँपालिका प्रमुख जंगबहादुर शाहीले बताए ।

महाबगाउँपालिकामा २९ जना भारतबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।