३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


काठमाडौंको मेयरमा एमालेले नै जित्छ : अध्यक्ष ओली


910
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताउनुभयो ।

अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहार्‍याउनुभयो । उहाँले कांग्रेसमा राजनीतिक सोच नभएका व्यक्तिहरु उम्मेदवारमा आएको बताउनुभयो । उहाँले नेपली कांग्रेसकी नेतृ सिर्जना सिंहलाई संकल्प र राजनीतिक सोच नभएको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेको स्थानीइ निर्वाचन घोषणापत्रमा वहसका लागि आउन चुनौति दिनुभयो । उहाँले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्ने भन्नेलाई भर्खर परीक्षा पास गरेका साथीहरुसँग एमालेभित्र पनि भिडाइदिने बताउनुभयो । जब चाहियो भने बालकोट आउन र ट्युसन खोल्न आउनेभए ठाउँ मिलाइदिने बताउनुभयो । उहाँले नेपाली कांग्रेसलाई कुहिरोको काग भएको बताउँदै पार्टीहरुले महिला भनेर श्रीमती र छोरी उठाएको बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा एमालेले नै महिलाको अस्थित्वको रक्षा गरेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अध्ययन तथा छानबिन गर्न नेपाली कांग्रेसले गर्न नदिएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मी टू के केही जवाफ हुन्छ, चुनाव आयो कि मिटू । म एउटा कुरा के भन्छु भने महिला अस्मिता, अधिकारको सम्बन्धमा, सुरक्षाको सम्बन्धमा नेकपा एमाले जति सजग अरु कोही पनि छैन । निर्मला पन्तको बलात्कार र बलात्कारपछि हत्याकाण्ड भयो । त्यसको छानबिन गर्न नदिएर त्यसबेला प्रमुख प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले छानबिन गर्न नदिने अगुवाइ गर्‍यो । उता सडकमा छानबिन होस् भन्ने भित्र छानबिन गर्न नदिने । नेपाली काँग्रेसको सरकार छ, गृहमन्त्रालय सम्हालेको छ, काँग्रेसकै गृहमन्त्री हुनुहुन्छ । ९/१० महिना कानमा तेल हालेर बस्नुभयो । आज के गर्दै हुनुहुन्छ ? छानबिन गर्नुस् न अहिले । किन गर्नुहुन्न । अहिले हामी छानबिन गर्न दिन्छौ । त्यतिबेला दिएको थिएन ।’

अध्यक्ष ओलीले ५ दलीय गठबन्धन देशको लागि कष्ट भएको बताउनुभयो । उहाँले गठबन्धनलाई लुतोको संज्ञा दिँदै बैशाख ३० गते लुतोलाई भगाउने बताउनुभयो ।

अध्यक्ष ओलीले कांग्रेसले जे भन्छ त्यही मान्ने भएकोले नेकपा एस ना रहेको आरोप लगाउनुभयो । उहाँले अहिले देशको अर्थतन्त्र धेरै अफ्ठ्यारो स्थितिमा रहेको उल्लेखसमेत गर्नुभयो ।