Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


कतारमा २१ जना नेपालीले पाए माफी


247
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा कतार गएका र विभिन्न कारणले जेल सजाय भोगिरहेका २१ जना नेपालीले माफी पाएका छन ।

कतार सरकारले उनीहरुलाई माफी दिएकाेहाे । कतारका अमिर शेख तमिमबिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमाजानको अवसरमा त्यहाँका कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन बिताइरहेका २१ जना नेपालीलाई माफी दिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार माफी पाउनेहरु मध्ये यौनजन्य क्रियाकलापमा ३ जना , चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्री वितरणमा २ जना र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी सजाय भोगिरहेका थिए ।

माफी पाएका व्यक्तिहरुलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएकाे छ ।