१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


गठबन्धनबीच चुनावी तालमेलबारे भोलीसम्ममा टुंगो लाग्ने प्रचण्डको दावी


273
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनबीचमा चुनावी तालमेलबारे भोलि आइतबारसम्ममा टुंगो लाग्ने बताउनुभएको छ ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले चुनावी तालमेलको खाका आजै साँझसम्ममा तयार हुने बताउनुभयो ।

निर्वाचनको समयमा टिकटलाई लिएर पार्टी भित्रै पनि विवाद हुने भन्दै उहाँले विभिन्न दलबीचको साझेदारीका लागि समय लाग्नु स्वभाविक रहेको प्रतिक्रिया दिनुभयो ।

भरतपुर महानगरका विषयमा छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरमा कांग्रेसले पाँच वर्ष पहिले मेयर छोडेकाले यो पटक आफूले पाउनु पर्ने बताउँदै आएको छ ।