२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


चेम्बरद्वारा मास्क उत्पादन तथा बिक्री सुरु


0
Shares

काठमाडौं, चैत १३ । नेपाल चेम्बर अफ कमर्सले मास्क उत्पादन तथा बिक्री सुरु गरेको छ ।

सरकारको आग्रहसँगै चेम्बरका उपाध्यक्ष्य दीपक मल्होत्राले ‘सर्जिकल’ मास्क उत्पादन सुरु गरेका थिए ।

मल्होत्राले उत्पादन गरेको ५० हजार मास्क बुधबार स्वास्थ्य सेवा विभागलाई प्रदान गरिएको हो ।

स्वास्थ्य सेवा विभागले सरकारी तथा निजी क्षेत्रमा समेत मास्क अभाव भएको भन्दै मल्होत्रालाई मास्क उत्पादन गर्ने जिम्मा दिएको थियो ।

यी मास्क पहिले सरकारी अस्पतालका लागि प्रयोग गरिने र क्रमशः बजारमा पठाइने जनाइएको छ ।