२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


रानी भन्सार सुनसान


0
Shares

विराटनगर, चैत १३ । नेपाल र भारत दुवै देशले कोरोनाभाइरसको प्रकोप रोक्न ‘लकडाउन’ गरेसँगै आयात–निर्यात प्रभावित बनेको छ ।

भारतसँग ठूलो व्यापार हुने पूर्वको दक्षिणी नाका विराटनगरको रानी भन्सारमा केही इन्धन बोकेका सवारी–साधन आउनेबाहेक अरु चहलपहल छैन ।

विराटनगर आइसीपीमा पेट्रोलियम पदार्थ र ग्यास बोकेका केही साधन नेपाल भित्रिएको आइसीपीका भन्सार अधिकृत एवं सूचना अधिकारी गोपी उप्रेतीले जानकारी दिए ।

दुवैतर्फको लकडाउनले भन्सार गतिविधिका लागि नेपाल र भारतका सरकारी अधिकारीहरुलाई कुनै समस्या नभएको पनि उनको दाबी छ ।

भन्सारमा आएकोे वस्तुको जाँचपासमा समस्या नभएको र विगतको तुलनामा कारोबार घटेको पनि उप्रेतीले जानकारी दिए ।