
काठमाडौं, चैत ११ । ‘लकडाउन’को समयमा पनि काठमाडौं उपत्यकाका विभिन्न बैंकहरुले आफ्ना एउटा शाखा खुला राखेका छन् ।
कर्मचारीको सुरक्षालाई समेत ध्यानमा राखेर बैंकहरुको एक÷एक शाखा खोल्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
‘एटीएम’ भने देशैभर खुला रहने राष्ट्र बैंकले जनाएको छ ।
अत्यावश्यक कारोबार नरोक्न विभिन्न बैंकका शाखा उपत्यकामा खुला गर्ने निर्णय भएको जनाइएको छ ।
हामीसँग कुरा गर्दै राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले उपत्यकाबाहिरका बैंकले स्थानीय प्रशासनसँग समन्वय गरी अवस्था हेरेर निश्चित समयका लागि बन्द गर्ने वा खोल्ने निर्णय गर्नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्