३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


‘यशूले कोरोना भाइरस निको पार्ने’ भन्दै भ्रम फैलाउने पास्टर पक्राउ


0
Shares

काठमाडौं । धर्मको प्रचार गर्ने बहानामा यशूले कोरोनाभाइरसका बिरामीलाई निको पार्ने भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् ।

जुम्ला घर भएका पास्टर केशवराज आचार्यलाई सोमबार राति पोखराको पावर हाउसबाट पक्राउ गरिएको हो ।

आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए । उनको भिडियो पनि भाइरल भएको थियो ।

उनले मान्छेहरूलाई भेला पारी ‘यशूले कोरोनाभाइरस निको पार्न, परमेश्वरको कृपा चाइनामाथि छ’लगायतका भ्रम फैलाएको आरोपमा पक्राउ परेका हुन् ।

उनीविरूद्ध मुलुकी संहिताको दफा ७० अनुसार अफवाह फैलाएकोमा मुद्दा अनुसार कारबाही हुने जनाइएको छ ।