Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


कमल थापाले एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने


8k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा जाने बताउनुभएको छ ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा पुगेको उहाँको भनाइ छ ।तालमेल गरेर एमालेको चुनाव चिन्हलाई साझा बनाएर निर्वाचनमा जान सक्ने थापाको भनाइ छ ।

अध्यक्ष थापाले आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्तालाई नेकपा एमालेसँग मिलेर सहकार्य र तालमेल गरेर अघि बढ्न समेत आग्रह गर्नुभएको छ । एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल हुँदा एमालेकै चुनाव चिन्ह लिएर उठ्ने धारणा पार्टीको भएको उहाँको तर्क छ ।

राप्रपाका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र कायम गर्ने विषमा राष्ट्रिय सहमति नभएमा धर्म निरपेक्षता राख्ने वा हिन्दुराष्ट्र कायम गर्ने त्यस बारेमा जनताको प्रत्यक्ष अभिमत बुझ्न आगामी संसदीय चुनावसँगै राष्ट्रिय जनमत संग्रह गर्न समेत माग गर्नुभएको छ ।