
काठमाडौं, चैत १० । कोरोना महामारीसँग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आर्थिक सहयोगको घोषणा गरेको छ ।
गैरआवासीय नेपाली संघको आइतबार बसेको ७२औं बैठकले प्रधानमन्त्री राहत कोषमार्फत् एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिएका हुन् ।
यसैगरी, ग्लोबल आइएमई बैंकले पनि सरकारले यही चैत ९ गते घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा एक करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्