Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


बैंक अफ काठमाण्डूका ग्राहकलाई पोखराको होटल एडममा २० प्रतिशत छुट


78
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई पोखरास्थित होटल एडमले २० प्रतिशत छुट दिने भएको छ ।

बैंक र होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई २० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।यो सम्झौता पश्चात् ग्राहकहरुले होटल एडममा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ २० प्रतिशत छुट पाउनुहुनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।होटल अडमले सेन्टर पोइन्ट, लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।