
डडेल्धुरा, चैत ९ । कोरोना संक्रमणको डरले डडेल्धुरामा पनि जनजीवन प्रभावित हुँदै गएको छ ।
बजार र सडकहरु पनि सुनसान देखिन थालेका छन् ।
विश्वभर कोरोनाबाट मानविय क्षती हुन थालेको खबरले आम–सर्वसाधारण चिन्तित हुनुको साथै दैनिक उपभोग्य बस्तुको आवश्यक जोहो गर्न थालेका छन् ।
मास्क प्रयोगसहित सचेतना कार्यक्रममा पनि बृद्धि भएको छ । कोरोनाभाइरसको संक्रमण भइहाले सरकारले उपचारको लागि आवश्यक प्रबन्ध नगरेको स्थानीय चिन्तित भएका छन् ।
संक्रमितहरुको उपचारका लागि सरकारले तत्कालले भरपर्दो व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।
प्रतिक्रिया दिनुहोस्