२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


भक्तजनको स्वास्थ्य परिक्षण


0
Shares

सप्तरी, चैत ७ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सप्तरीस्थित प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा शुक्रबारदेखि हेल्थ डेस्क स्थापना गरी विशेष सतर्कता अपनाइएको छ ।

दैनिक दुई हजारसम्म श्रद्धालु भक्तजनको ओहोर–दोहोर हुने उक्त शक्तिपीठमा पूजाआजा गर्न आउनेहरुको स्वास्थ्य परीक्षण तथा साबुन पानीले हात धुन अनिवार्य गरिएको हो ।

नेपाल–भारतको विभिन्न स्थानहरुबाट श्रद्धालुभक्तजन आउने गरेकोले विशेष सतर्कता अपनाइएको पीठाधीश महाकान्त ठाकुरले जानकारी दिनुभयो ।

शक्तिपीठमा एक पटकमा पाँच जनालाई मात्र प्रवेश दिनुका साथै मास्क समेत अनिवार्य गरिएको छ । पहिलो दिनमै हेल्थ डेस्कमा सात सय पाँच भक्तजनको स्वास्थ्य परीक्षण गरिएको छ ।