
काठमाडौं, चैत ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन पनि काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति निकाली स्वास्थ्य मन्त्रालय मातहत कार्यरत् सहसचिवस्तरका कर्मचारी र विभागीय प्रमुखसहित सो मातहतका कर्मचारीहरुलाई पनि बिदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।
यस्तै, मन्त्रालय मातहतका उपसचिव तथा शाखा अधिकृतहरुलाई समेत उपत्यका नछाडन पनि निर्देशन दिइएको छ ।
जसमा स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, कान्ति बाल अस्पताल, मानसिक अस्पताल, नरदेवी आयुर्वेदिक चिकित्सालयलगायतका अस्पतालहरुसमेत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्