Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


रुसले रासायनिक हतियार प्रयोग गरे नाटोले जवाफ दिने अमेरिकी राष्ट्रपतिको चेतावनी


3.1k
Shares

काठमाडौँ । रुसले रासायनिक हतियार प्रयोग गरे नाटोले जवाफ दिनुपर्ने अमेरिकी राष्ट्रपति जाे बाइडेनले चेतावनी दिनुभएकाे छ ।

उहाँले रुसले युक्रेनमा जे गरिरहेको छ त्यसको समीक्षा हुने र आफूहरुले थप उपयुक्त कदम चाल्ने समेत बताउनुभएकाे हाे। उहाँले रुसलाई कुनै पनि सहयोग नगर्न समेत चीनलाई चेतावनी दिनुभएको छ ।

बेल्जियमको ब्रसेल्समा भेला भएका ७ विकसित राष्ट्रहरुले रुसले युक्रेनमाथि गरेको हमलाको संयुक्त भत्सना गर्दै इन्टरन्याशनल क्रिमिनल कोर्टलाई रुसी राष्ट्रपतिबाट भएको युद्ध अपराधको छानविन गर्न भनेका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेको एक महिना पुगेकै दिन बिहिबार ब्रसेल्समा भेला भएका जीे सेभेन तथा नाटो गठबन्धनमा आवद्ध राष्ट्रका नेताहरुले संयुक्त रुपमा रुसको भत्सना गर्दै आइसीसीलाई युद्ध अपराधनमा छानविन अघि बढाउन भनेका हुन।

अमेरिकी राष्ट्रपति जो बाइडेन, युरोपियन युनियनका अध्यक्ष, उर्सुला भोनडर लेयेन, जापानका प्रधानमन्त्री फुमियो किसिदा, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो, जर्मन चान्सलर ओलफ सोल्ज, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, इटलीका प्रधानमन्त्री मारियो ड्रागी र नाटो महासचिव जेन्स स्टोलटेन्बर्ग युक्रेन संकटमाथि छलफल गर्न ब्रसेल्समा भेला भएका हुन ।