
काठमाडौं । आज सुनको भाउ तोलामा दुई हजारले घटेको छ ।
आज सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ सोमबार पाँच सय रुपैयाँ बढेर तोलाको ७७ हजार ५ सय रुपैयाँ पुगेको थियो । सोमबार तोलामा पाँच सय बढेको सुन आज दुई हजार रुपैयाँ घटेको हो ।
आज चाँदीको भाउ तोलामा ८० रुपैयाँ घटेको छ । चाँदी तोलामा ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्