
डडेल्धुरा, चैत ३ । उत्पादनलाई मात्र प्राथमिकतामा राख्दा डडेल्धुरालगायतका जिल्लामा परम्परागत मौलिक तरकारीको बीउ लोप हुने अवस्थामा पुगेको छ ।
आधुनिकीकरणका नाममा पहाडी मूला, पालुंगो, धनियाँ, रैथाने आलु, लौका, बैगुन र टमाटरलगायतका तरकारीका स्थानीय जातहरु लोप हुन थालेका हुन् ।
बढ्दो विषादी प्रयोग तथा बेमौसमी र वर्णशंकर तरकारीको मोहले तरकारीमात्र नभइ खाद्यान्नका मौलिक जातसमेत मासिन थालेका छन् ।
तरकारी तथा खाद्यान्नका परम्परागत बीउको संरक्षण तथा सम्वर्द्धन गर्नुपर्नेमा कृषि प्राविधकहरुको जोड रहेको छ ।
उत्पादनका दृष्टिले केही कम भएपनि पोषण तत्व र गुणस्तरका आधारमा भने हाम्रा परम्परागत जातका तरकारी तथा फलफूल बहुपयोगी रहेको विज्ञहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्