
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।
आज (सोमबार) बिहान प्रदेश-१ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । अन्य भू-भागमा भने सामान्यतया सफा रहनेछ।
देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्