Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


लमजुङ बेसीशहरमा मेडिकल मास्कको अभाव


0
Shares

लमजुङ । कोरोना भाइरसको जोखिम बढेसँगै लमजुङ सदरमुकाम बेसीशहर बजारमा मेडिकल मास्कको अभाव भएको छ ।

बेसीशहर नगरपालिकाको संयोजनमा भएको बजार अनुगमनको क्रममा मास्क अभाव भएको पाइएको हो ।

बेंसीसहरमा रहेका मेडिकलहरुमा हात सफा गर्ने सेनिटाइजरको पनि अभाव रहेको स्वास्थ्य शाखा प्रमुख मनोज बोहोराले जानकारी दिए ।

केही मेडिकल पसलले बढी मुल्य लिएर मास्क बेचेको अनुगमन टोलीले फेला पारेको छ ।