
कञ्चनपुर, फागुन ३० । ‘कोरोनाभाइरस’को संक्रमण फैलिन नदिन महेन्द्रनगरबाट सञ्चालन हुने नेपाल–भारतमैत्री बससेवा केही समयका लागि स्थगन गर्न माग गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार यातायात व्यवस्था विभागमा पत्राचार गर्दै मैत्री बस केही समयका लागि स्थगन गर्न अनुरोध गरेको हो ।
कोरोना फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै थप जोखिम नहोस् भनेर केही समयका लागि बससेवा स्थगन गर्न पत्राचार गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।
स्थानीय तह, नागरिक समाज, जनप्रतिनिधि र आमनागरिकले नेपाल–भारतमैत्री बसबाट कोरोनाको संक्रमण भित्रिन सक्ने भन्दै तत्कालका लागि मैत्री बस सञ्चालनमा रोक लगाउन माग गर्दै आएका थिए ।
महेन्द्रनगरबाट भारतका विभिन्न सहरहरुमा गरी दैनिक छ/सातओटा मैत्री बसहरु सञ्चालनमा रहँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्