२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


व्यक्तिविशेषका कारण सेयरबजार प्रभावित हुन नहुनेमा जोड


0
Shares

काठमाडौं, फागुन २९ । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यक्तिविशेषका कारण सेयरबजार प्रभावित हुन नहुने भन्दै कम्पनीको वित्तीय अवस्था र सरकारको आर्थिक नीतिका आधारमा सेयर कारोबार हुुनपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाल धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले व्यक्तिविशेषका कारण सेयरबजार प्रभावित हुन नहुनेमा जोड दिएका हुन् ।

सेयरबजारको गिरावटमा आफूलाई जोडिने गरेकोतर्फ संकेत गर्दै उनले अहिलेको सेयरबजारमा देखिएको उथलपुथल ‘कोरोनाभाइरस’कै प्रभाव रहेको दाबी पनि गरे ।

अर्थमन्त्री खतिवडाले सेयरबजारमा सर्वसाधारणको उपस्थिति बढाउनका लागि लघुवित्तको ऋण लिएर पनि सेयर किन्न सक्ने व्यवस्थासमेत भएको पनि स्पष्ट पारे ।

नेपालीहरु थोरै पुँजीकै भएपनि कुनै न कुनै सम्पत्तिको मालिक बन्नुपर्छ भन्ने सरकारी नीतिका कारण सर्वसाधारणको पहुँचमा सेयरबजार पुर्‍याइएको दाबी पनि उनले गरे ।