
काठमाडौं, फागुन २९ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको छ ।
गत असारमा भएको सम्झौताबमोजिम प्राइमले कैलाशलाई गाभेर एकीकृत कारोबार थालेको हो ।
प्राइमका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले एकीकृत कारोबार सुरु भएको घोषणा गरेका हुन् ।
कैलाशको १०० कित्ता सेयर बराबर प्राइमको ९४ कित्ता सेयर रहने गरी समझदारी भएको थियो ।
नेपाल राष्ट्र बैंकले फागुन १८ गते प्राइमलाई एकीकृत कारोबार गर्न स्वीकृति दिएको थियो ।
कैलाशको प्राप्तिपश्चात् प्राइमको कुल चुक्ता पुँजी १३ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
यस्तै, कुल निक्षेप एक खर्ब ३० अर्ब, ऋण लगानी एक खर्ब १५ अर्ब पुगेको बैंकले जनाएको छ ।
यसैगरी, शाखा संख्या १९९ र कर्मचारी संख्या एक हजार ५०० पुगेको पनि बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्