
बारा, फागुन २९ । राजस्व अनुसन्धान कार्यालय, पथलैयाले म्याद गुज्रेको चिनी लोड गरेका तीनओटा ट्रक नियन्त्रणमा लिएको छ ।
महोत्तरी, भिट्ठामोड नाकाबाट नेपाल आउँदै गरेका अवस्थामा उक्त ट्रक नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान कार्यालय, पथलैयाका अधिकृत हुमबहादुर पाण्डेले जानकारी दिए ।
कार्यालयले मंगलबार दुईओटा र बिहीबार एक गरी तीनओटा गाडी नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त गाडीमा म्याद गुज्रेको चिनी र न्यून बिल बिजकसमेत रहेकाले महोत्तरी भन्सारको गलत प्रक्रियाबाट नेपाल भित्रिएको राजश्व अनुसन्धानको ठहर छ ।
प्रतिक्रिया दिनुहोस्