
उदयपुर, फागुन २९ । उदयपुरको बेलका नगरपालिका–१ मैनामैनीमा सडक र पुल निर्माणसँगै गाउँको मुहार फेरिएको छ
। सप्तकोशीको चतरामा पक्की पुल र मदन भण्डारी लोकमार्ग निर्माणले गाउँमा परिवर्तन आएको हो ।
सडक सञ्जालमा गाउँ जोडिएपछि व्यापार, व्यवसाय, शिक्षा, स्वास्थ्य क्षेत्रमा उल्लेख सुधार हुन थालेको छ । होटल, रिसोर्ट खोलेसंगै स्थानीयले रोजगारी पाउन थालेका छन् ।
सहकारीको स्थापना, व्यवसायिक खेती तर्फ किसानहरुको आकर्षण बढेको छ ।
प्रतिक्रिया दिनुहोस्