
तनहुँ, फागुन २७ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ ।
आगामी चैत १ देखि १८ गतेसम्म जिल्लामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
बाल मृत्युदर घटाउने उद्देश्यले चैत १ देखि ९ गतेसम्म र चैत १० देखि १८ गतेसम्म गरी दुई चरणमा अभियान सञ्चालन गरिने भएको छ ।
तनहुँका २८ हजार ७६४ बालबालिकालाई दादुरा र रुबेला रोगविरुद्ध खोप लगाइने योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्