
बिराज रोस्यारा (इमेज)
कैलाली, साउन २४ । सशस्त्र प्रहरी बल बैजनाथ बाहिनी अत्तरियाबाट गएको प्रहरीको टोलीले भन्सार छलेर ल्याइँदै गरेका सामान बरामद गरेको छ ।
कैलालीको दक्षिणी क्षेत्र टीकापुरको कालाकुन्डाबाट भन्सार छलेर ल्याइँदै गरेका रेडिमेड र थान कपडाहरु बरामद गरी बिहीबार भन्सार कार्यालय कैलालीलाई बुझाइएको हो ।
टीकापुरसँग सीमा जोडिएको भारतिय बजार तिकुनियाबाट भन्सार छलेर समान ल्याइँदै गरेको सूचनाका आधारमा बुधबार साँझ उक्त समान बराद गरिएको बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्र थापाले जानकारी दिए ।
उनले करिब तीन लाख रुपैयाँ मूल्य बराबरका रेडिमेड तथा थान कपडाहरु नियन्त्रणमा लिइ भन्सार कार्यालय कैलालीलाई बुझाएको बताए ।
प्रतिक्रिया दिनुहोस्