Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


केही वर्षमै नेपाल समृद्ध हुन्छ : अध्यक्ष ओली


1k
Shares

नवलपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सुरु गरेका काम पूरा भए केही वर्षमै नेपाल समृद्ध हुने बताउनुभएको छ ।

पूर्वी नवलपरासीको कावासोतीमा भएको कार्यक्रमा अध्यक्ष ओलीले वर्तमान सरकारले नयाँ काम केही पनि नगरेको बताउँदै आफूले सुरु गरेका रेल, पूर्व पश्चिम राजमार्ग बिस्तार, फलाम खानी उत्खनन्को कामले नै निरन्तरता पाएको बताउनुभएको हो । आफूहरुसँग देशको विकास गर्ने नीति र अवधारणा रहेको बताउँदै उहाँले त्यसै अनुसार अगाडि बढ्ने बताउनुभयो ।

शिक्षाको विकासका लागि प्राविधिक शिक्षा नै प्रमुख आधार भएको बताउँदै अध्यक्ष ओलीले नेकपा एमालेका नेता तथा पूर्वसांसद मझिलाल थारुको नाममा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो ।