Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


ललितपुरका ५ जनाको निसास्सिएर मृत्यु भएको हुनसक्ने निष्कर्ष


559
Shares

काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा २ दिने शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु निसासिएर भएको प्रहरीको निष्कर्ष छ ।

घरमा सुतिरहेको अवस्थामा आज बिहान ४ जना मृत भेटिएका थिए भने दुइ दिने शिशुको उपचारका लागि पाटन अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । मृत फेला पर्नेहरुमा घरमुली ५५ वर्षीया काँइली स्याङतान उनकी २३ वर्षीया बुहारी सुस्मा स्याङतान, ९ वर्षका आशिष स्याङतान, र ७ वर्षकी आस्मा स्याङतान छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता शिद्धी विक्रम शाहले घटना स्थलमा पुगेको चिकित्सकको टोलीले प्रारम्भिक अनुसन्धानमा घरका सबै जना झ्याल टोका थुनेर आगो बालेर सुतेका कारण निसासिएर मृत्यु भएको हुनसक्ने निष्कर्ष निकालेको इमेजखबरलाई जानकारी दिनुभयो । प्रहरीका अनुसार घरभित्र हावा छिर्ने र बाहिर निस्कने भेन्टिलेसन नभएको अवस्थामा परिवारका सदस्य आगो बालेर सुतेका भेटिएको छ ।

२३ वर्षीया सुस्मा २ दिन अघि सुत्केरी भएकी थिइन् । सुत्केरीका लागि आगो बाल्दा यस्तो घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।