रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिकाले वृृद्धवृद्धाहरुलाई सरकारले दिने बृद्व भत्ता घर-घरमै पुगेर वितरण गर्न सुरु गरेको छ ।
गाउँपालिकाले बैंकको कर्मचारी सहित जनप्रतिनिधिहरु घर-घरमै पुगी वृृद्धवृद्धाहरुलाई बृद्व भत्ता बितरण गर्न सुरु गरेको हो। बृद्वबृद्वाहरुको पहुँच बैंक सम्म नहुँदा लामो समयसम्म वृृद्ध भत्ता नलिएकाहरुका लागि घ-रघरमै पुगेर वृृद्ध भत्ता बितरण गर्न सुरु गरिएको गाँउपालिकाका अध्यक्ष बुचुङ तामाङले बताउनुभयो ।
गाँउपालिकाले सोही अबसरमा गाँउपालिकाको पाँचै वटा वडाका एकल महिला तथा सत्तरी वर्ष भन्दा माथिका चार सय चवालीस जना वृृद्धवृद्धा तथा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा तथा विद्युतीय हट ब्यागसमेत प्रदान गरेको छ ।







प्रतिक्रिया दिनुहोस्