७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


कैलालीको लम्कीस्थित गुट्खा उद्योगमा विष्फोट


0
Shares

बिराज रोस्यारा

कैलाली, साउन २४ । कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समूहले आज बिहान बम विष्फोट गराएको छ ।

बिहान ४ बजेर ५२ मिनेटमा देउती गुट्खा उद्योगको गेट बाहिर बम विष्फोट भएको हो । ठुलो आवाजमा विस्फोट भएपछि स्थानीय त्रसित भएका थिए ।

विष्फोटबाट उद्योगको पर्खाल र छानामा सामान्य क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले कसले विष्फोट गराएको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाए ।

सोही उद्योगलाई लक्षित गरी राखेको अवस्थामा साउन २ गते दुईवटा बम फेला परेको थियो ।