Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


प्रहरी प्रधान कार्यालयद्वारा १२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह


247
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले १२ जना प्रहरी जवानलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । साथै सम्पर्कमा आउनका लागि ७ दिनको म्याद समेत दिइएको जनाएकाे छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले आज मंगलबार एक सूचना जारी गरेको प्रवक्ता विष्णु केसीले इेमजखबरलाई जानकारी दिनुभएको हो ।

उनीहरुलाई ७ दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

सम्पर्कमा नआएकाहरुमा प्रहरी जवानहरु राज कुमार शाह, डिलबहादुर पुन मगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धबिर तामाङ र मुस्कान बान्तवा रहेका छन् ।

त्यस्तै , अन्य प्रहरी जवानहरु विष्णु विक, अर्जुन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विकलाई पनि सम्पर्कमा आउन सात दिने म्याद दिइएको सूचनामा उल्लेख गरिएको छ ।