Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


पुर्ख्याैली आरन व्यवसाय आधुनिकिकरण तालिम सञ्चालन


481
Shares

अर्घाखाँची । जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयले लोप हुन लागेको पुर्ख्याैली आरन व्यवसाय आधुनिकिकरण तालिम सञ्चालन गरेको छ ।

आरन व्यवसाय संरक्षण गर्ने उदेश्यका साथ जिल्लाको पाणिनी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ लाई लक्षित गरि तालिमको सुरुवात गरिएको कार्यालयले जनाएको छ । एक महिना सम्म संचालन हुने तालिममा २० जनाको सहभागीता रहेको छ ।

गोल बनाएर हँसिया, बाउसा, फाली, कोदालीलगायत सामग्री बनाउन सिकाउनुको साथै तालिममा सहभागीहरु लाई तालिम पश्चात आरन व्यवसायमा प्रयोग हुने नयाँ प्रविधिका सामग्री समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो ।

तालिम सञ्चालनसँगै स्थानीय खुशी देखिएका छन् ।