
काठमाडौं ।आगामी मंगलबार सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ ।
हरेक वर्ष फेब्रुअरी ७ तारिखलाई सुरक्षित इन्टरनेट दिवसको रुपमा मनाउने गरिएको छ ।विश्वमा इन्टरनेटको पुहँच र प्रयोग विस्तार भएसँगै सन् २००४ बाट सुरक्षित इन्टरनेट दिवस बनाउन थालिएको हो ।
यस वर्ष ‘टुगेदर फर बेटर इन्टरनेट’ भन्ने नाराको साथ यो दिवस मनाइँदैछ ।खाली रमाइलो र खेलका लागि मात्र नभई आदर र सम्बन्धहरुको मूल्य र मान्यतालाई पनि इन्टरनेटमा कायम राख्न यो दिवसले अभिप्रेरित गरिरहेको छ ।
बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्द्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइन्छ ।
युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोप नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने सुरक्षित इन्टरनेट दिवस विश्वका १७० भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ ।
सन् २०१९ देखि चाइल्ड सेफनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको आयोजना र प्रवर्द्धन गर्ने जिम्मेवारी पाएको छ ।
प्रतिक्रिया दिनुहोस्