सप्तरी, फागुन ६ । सप्तरीमा मंगलबार भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी भइ घर फर्कनेक्रममा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतको मोतिहारी ग्राम पञ्चायत–७ का मोहम्द सदाम हुसेन र कुनकुनिया खातुन छन् ।
दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।
घाइतेहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ना१क ५५२७ नम्बरको टिपरले बोदेबर्साइन नगरपालिका–४ मा स१ह ३७९५ नम्बरको अटोलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्