Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


९ बर्षका अर्वपति बालक जसको जीवनशैली देखेर सबै आश्चर्यमा


5.6k
Shares

काठमाडौं । दक्षिण अफ्रिकाका ९ वर्षीय बालक मोम्फा जुनिएर उर्फ मुहमद अवल मस्तफा हा अफ्रिकाका सर्वाधिक धनी बालक बन्न सफल भएका छन् । ती बालकको आफनै अलिशान बंगला, प्राइभेट जेट, दर्जर्नौ कार, सयौं महंगा चस्मा अनि हजारौं ब्रान्डेड कपडा रहेको छ ।

उनले आफनो जीवनशैली सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि आजभोलि सबैको नजर उनीमाथि परेको छ । दिनमा सयौं कपडा फेरेर इन्स्ट्रामा पोष्ट गर्ने गरेका उनको इन्ट्राग्राममा २५ हजार फलोअर्स रहेका छन् ।

मोम्फा कसरी धनी भए त ?
मोम्फा नाइजेरियाको लागोस द्वीपको प्रमुख कार्यकारी अधिकृत रहेका इस्मालिया मुस्तफाका छोरा हुन् । उनको बुबा दक्षिण अफ्रिकाका धनी ब्यक्ति मध्ये एक हुन् । अलिशान बंगला, दर्जनौं प्राइभेट जेट, सयौं प्राइभेट पानी जहाज अनि सयौं कारका धनी इस्मालियाले पनि आफनो जीवन शैली इन्स्ट्राग्राममा पोष्ट गरेपछि त्यसैको सिको गरी मोम्फा पनि सामाजिक सञ्जालमा चर्चित हुन पुगेका हुन् ।

मोम्फा ६ बर्षको हुँदा चाँदी रंगको ब्रान्डेन कार उपहार स्वरुप दिएका उनका बृुबाले हालसम्म मोम्फालाई दर्जनौं महँगा कारहरु दिइसकेका छन् । तर, मोम्फालाई एउटै चिन्ता छ कि लाइसेन्स नभएकोमा । कम उमेरका कारण लाइसेन्स लिने सुविधा नहुँदा उनले कुनै पनि कार चलाउन पाएका छैनन् । यद्दपी दिनमा ५० भन्दा बढी फोटो खिचेर पोष्ट भने गर्ने गरेका छन् ।