काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा चोरी भएका ४ वटा मोटरसाइकल सहित चोरीमा सलग्न दुई जना सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धादिङ्ग थाक्रे गाउँपालिका–१ का २२ वर्षिय विमल तामाङ्ग र सोही ठाउँका २६ वर्षिय सानुकान्छा तामाङ्ग छन् ।
काठमाडौका विभिन्न स्थानबाट हराएका ती मोटरसाइकल एकान्तकुना र धादिङको सिम्लेडांडामा नम्बर प्लेट परिवर्तन गरी प्रयोग गरेको अबस्थामा नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताए ।








प्रतिक्रिया दिनुहोस्