 
	    वीरगञ्ज । पर्सास्थित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा न्यायाधीश सहित २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
वीरगञ्ज इजलासका प्रशासन शाखा अधिकृत जयनारायण रायले सोमबार जारी गरेको सूचनामा केहि न्यायाधीशसहित २३ जना कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
संक्रमण पुष्टि हुनेमा १ जना न्यायाधीश, १ जना रजिष्ट्रार, १ जना उप–रजिष्ट्रार ६ जना शाखा अधिकृत, ७ जना नायब सुब्बा, १ जना कम्प्यूटर अपरेटरसहित २३ जना कर्मचारी रहेका छन् ।
न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण भएपछि अदालतले दिने सेवामा कटौती गरिएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साका चार जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । ३० कर्मचारीमा गरिएको परीक्षणमा चार जनामा संक्रमण देखिएको सीमास्थित हेल्थ डेस्क प्रमुख डा. अनिशा महतोले जानकारी दिनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्