२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


प्लान बी डान्स क्लबमा आगलागी, करिब ५ करोडको क्षति


2.639k
Shares

बुटवल, पुस ३० । उद्घाटनको तयारीमा रहेको बेला बुटवलको एउटा डान्स क्लबमा आगलागी हुँदा ५ करोड रुपैंयाँ बराबरको क्षति भएको छ ।

बुटवलको प्लान बी डान्स क्लबमा आगलागी हुँदा ५ करोड बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।

गएराति साढे १२ बजेबाट लागेको आगो करिब ३ घण्टापछि नियन्त्रणमा लिइएको थियो । ओइल्डिङ गर्ने क्रममा अचानक क्लबमा आगलागी भएको बताइएको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।