२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कुश्मा र जलजलामा मंगलबार सार्वजनिक बिदा


481
Shares

पर्वत, पुस २६ । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा पर्वतका दुई स्थानीय तहमा मंगलबार सार्वजनिक विदा दिइने भएको छ ।

पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् ।

राष्ट्रिय एकता दिवसको अवसरमा दुवै स्थानीय तहका कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, विषयगत शाखा, स्वास्थ्य तथा शैक्षिक संघ संस्थामा विदा दिने निर्णय गरिएको जिल्ला कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

त्यसैगरी जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले पालिकाबासीहरुको मागलाई मध्यनजर गर्दै मंगलबार एक दिन सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिनुभयो ।