Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


अख्तियारले दायर गरेका अधिकांश ठूला मुद्दा गैरकानुनी आर्जनसम्बन्धी


0
Shares

काठमाडौं, माघ २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षमा धेरैओटा भ्रष्टाचारका मुद्दा विशेष अदालतमा दर्ता गरेको छ ।

२०७५ साल साउन १ गतेदेखि २०७६ असार ३ गतेसम्ममा आयोगबाट दर्ता गरिएका ठूला मुद्दाहरुको विवरणमा सबैभन्दा धेरै गैरकानुनीरुपमा सम्पत्ति आर्जनसम्बन्धी छन् ।

सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख सुरेश ठाकुर ३ करोड १८ लाख ७२० रुपैयाँ ६९ पैसा ।

जिल्ला वन कार्यालय अवकाशप्राप्त सहायक वन अधिकृत विनोदकुमार सिंह १ करोड ९१ लाख ६१ हजार ६२५ रुपैयाँ ६८ पैसा ।

नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ २३ पैसा ।

यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठ १ करोड ३४ लाख ५७६ रुपैयाँ ७६ पैसा ।

राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजाल २ करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँ ।

भन्सार कार्यदल भैरहवाका कर अधिकृत मानप्रसाद बिक र निजकी श्रीमती आइतमाली बिक १ करोड ८२ लाख ६७ हजार ७७९ रुपैयाँ ।

यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारी ५ करोड १० लाख ३३ हजार ६२३ रुपैयाँ ।

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत रमाकान्त अर्याल २ करोड ६ लाख ८९ हजार १११ रुपैयाँ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्ण २४ करोड ८० लाख ९५ हजार ११६ रुपैयाँ ।

मालपोत कार्यालय सिमरा, बाराका कार्यालय प्रमुख मदनप्रसाद गुप्तासमेत ३ जना ४ करोड ५८ लाख ७१ हजार २० रुपैयाँ १३ पैसा ।

मालपोत कार्यालय बारा, कलैयाका तत्कालीन कार्यालय प्रमुख राजराजेश्वर त्रिवेदीसहित ६ जना २ करोड ५० लाख ८६ हजार ६४० रुपैयाँ ।

जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन कार्यलय प्रमुख लालु गिरीसमेत ७ जना १ करोड १० लाख ८० हजार रुपैयाँ ।

साविक जिल्ला कार्यालय हाल डिभिजन कार्यालय डोल्पाका तत्कालीन वन अधिकृत रामबिचारी ठाकुरसहित ३ जना १ करोड ४८ लाख ७९ हजार ६८० रुपैयाँ ।

रसुवा भन्सार कार्यालयका भन्सा अधिकृत पवित्रकुमार खड्कासमेत ८ जना ७ करोड ५९ लाख ६३ हजार १९० रुपैयाँ १२ पैसा ।

तत्कालीन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपानेलगायत १४ जना ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय काठमाडौंका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठ १४ करोड ६१ लाख २४ हजार ४७८ रुपैयाँ ८८ पैसा ।

मालपोत कार्यालय डिल्लीबजार र दमकका केशव न्यौपानेलगायत ९ जना १ करोड २० लाख रुपैयाँ ।

मालपोत कार्यालय चाबहिलका राजु थापामगरलगायत १६ जना ६ करोड रुपैयाँ ।

नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलक रावललगायत ३ जना ९१ करोड ९ लाख ८८९ रुपैयाँ ५८ पैसा ।

सिक्टा सिँचाइ आयोजना बाँकेमा संलग्न २१ जना २ अर्ब १६ करोड १७ लाख ४५ हजार ७९३ रुपैयाँ २१ पैसा ।

मालपोत कार्यालय परासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थीलगायत सातजना २ करोड ८६ लाख ५२ हजार रुपैयाँ ।

माई नगरपालिकाका नगर कायपालिका कार्यादय इलामका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकाल र प्रमुख प्रशासकीय अधिकृत कालिदास ढकाल ५ करोड ५८ लाख ९९ हजार २४८ रुपैयाँ ।