झापा, माघ २४ । परालको कुन्युुमा जलाएर साथीको हत्या गरेको आरोपमा पक्राउ गरेका दुईजनालाई झापा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–२, चारपाने का २० वर्षीय करन चौधरी र सोही ठाउँका १८ वर्षीय लक्ष्मण यादव रहेका छन् ।
उनीहरुले मादकपदार्थ सेवनका क्रममा विवाद भएपछि भारतीय नागरिक सुवान शेखलाई कुटपिट गरी हत्या गरी जलाएको बयान प्रहरीसमक्ष दिएका छन् ।
बिर्तामोड–२, चारपानेमा गएको सोमबार परालको कुन्युमा जलेको अवस्थामा भारतीय नागरिक सुवान शेखको शव फेलापरेको थियो ।








प्रतिक्रिया दिनुहोस्